१९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

०९ असाेज, जनकपुरधाम । सशस्त्र प्रहरी धनुषाले १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। धनुषाको जटही नाकाबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झा रहेको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिए।

जटही नाका भएर साइकलमा आइरहेका झाले शरीरमै चाँदीको पोकाहरू बाँधेर ल्याउँदै रहेको अवस्थामा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको हो।

डीएसपी खड्काका अनुसार बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको छ। पक्राउ परेका उनको साथबाट एक थान साइकल, मोबाइल र घडीसमेत बरामद गरिएको छ। चाँदी र पक्राउ परेका भारतीय नागरिकलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarPolitic
Comments (0)
Add Comment