सुनको मूल्य तोलामा एक हजारले बढ्यो, चाँदी १५ रुपैयाँ महङ्गो

०७ असाेज, काठमाडाैं । नेपालको स्थानीय शुक्रबार सुन चाँदी दुबैको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेसँगै सोही अनुसार नेपाली बजारमा पपनि सुन तोलामा एक हजार र चाँदी १५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ तथा तेजावी सुन ९२ हजार ३०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ तोलाको १ हजार २०० रूपैयाँ निर्धारण गरिएको छ । सोही भाउमा आज बजारमा कारोबार भैरहेको छ ।

हिजो बिहीबार पनि सुन तोलामा ५०० रुपैयाँले बढेर छापावल सुन प्रतितोला ९१ हजार ८०० रूपैयाँ, तेजावी सुन ९१ हजार ३०० रुपैयाँ र चाँदीको १ हजार १८५ रूपैयाँमा कारोबार भएको थियो । हिजो चाँदी तोलाको १५ रुपैयाँले बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेर प्रतिऔंस १६६७ डलर तथा चाँदी प्रतिऔंस १९.५५ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
त्यसैगरी आज डलरको मूल्य पनि १.४१ सेन्टले बढेको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १२९ रूपैयाँ ६८ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको बिक्रीदर १२८ रूपैयाँ २७ पैसा थियो ।

विश्वका कैयन देशमा आर्थिक संकट देखिन थालेपछि विभिन्न व्यक्तिले डलर सञ्चय गर्न थालेपछि विश्व बजारमा डलरको माग बढ्दा भाउ आकाशिन थालेको हो । अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउ निरन्तर बढीरहेको छ। फेडले पाँचौ पटक औसत ब्याजदर बढाएर ३ प्रतिशत पुर्‍याएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Gold & Silver
Comments (0)
Add Comment