बरुण इन्भेष्टमेन्टले १५ करोडको आइपीओ जारी गर्ने

०५ असाेज, काठमाडाैं । बरुण इन्भेष्टमेन्टले १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोषलाई समेत गरी उक्त परिमाणको आइपीओ जारी गर्ने भएको हो ।

जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापीटलबीच शेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन ।

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

यस कम्पनीले विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने पर्दछ । यस कम्पनीमा एस.जि. ग्रुप मुख्य लगानीकर्ताको रुपमा रहेको छ ।

बरुण इन्भेष्टमेन्ट लि. ले बझाङ्ग स्थित कलंगा हाईड्रो लि. (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लि. (३८.४७ मेगावाट) र बुङगल हाईड्रो लि. (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीको रुपमा रहेको छ ।

हालै बरुण इन्भेष्टमेन्ट लि.ले संखुवा खोलामा हाईड्रो प्रवद्र्धन र गुराँस हाईड्रो प्रा.लि. (४१.०६ मेगावाट) मा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको एस.जि. ग्रुपका अध्यक्ष तथा कम्पनीका संस्थापक अध्यक्ष शिव प्रसाद घिमिरे बताउँछन् ।

बरुण इन्भेष्टमेन्टमा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि गु्रपको एल.पि.जि. ग्यास बोटलिङ्ग, पेट्रोलियम पदार्थ वितरण, अटोमोबाईल, चिया प्रशोधन, निर्माण व्यवसाय, बैकिङ्ग लगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment