विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

०५ असाेज, काठमाडाैं । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका–१७ भ्युटावरस्थित नारायणी नदी बीचको भंगालोमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँसघारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सुर्खेतको पंचपुरी नगरपालिका–५ तिखाकुनास्थित तिखाखोलामा सोही नगरपालिका–११ बस्ने ४० वर्षीया तुल्सी बिक मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

कैलालीको गोदावरी नगरपालिका–१२ शान्तीनगर बस्ने २६ वर्षीय मदन बडैला आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ थामडाँडास्थित लुक्ला–पैया जाने पैदल बाटोमा माप्य दुधकोशी गाउँपालिका–१ बस्ने ४७ वर्षीय अलवा शेर्पा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthNewsPolitic
Comments (0)
Add Comment