ललितपुर महानगरभित्र रहेका मापदण्डविपरीतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

०५ असाेज, ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो पालिकाभित्र रहेका मापदण्डविपरीतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरेको हो।

महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो। 



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthNewsPolitic
Comments (0)
Add Comment