राष्ट्रपति भण्डारीबाट मानपदवी अलंकार र पदकबाट एसपी सुरेश काफ्ले विभूषित हुनु भएकोछ

एसपी सुरेश काफ्ले

०३ असाेज, काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी ज्युबाट नेपाल प्रहरी संगठनको एक निडर छबि भएका छुट्टै पहिचान बनाउन सफल कानुन भन्दा माथि कोही छैन कानुन बिपरित काम गर्ने जो कोहीलाई पनि कानुनी कठघरामा ल्याएर सजाय दिएका, बिभिन्न जिल्लामा काम गरेर र दाङ जिल्लामा एसपी रहन्दा शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुराउनु सफल ब्यक्तित्व एसपी सुरेश काफ्ले ज्यू राष्ट्रपति भण्डारीबाट मानपदवी अलंकार र पदकबाट विभूषित हुनु भएको छ ।

एसपी काफ्ले सार्वजनिक हित तथा राष्ट्रको उन्नति शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुराउनु सफल भएको कदरस्वरुप संविधान दिवस २०७९ का अवसरमा सरकारले उक्त मानपदवी अलंकार विभूषित गर्ने घोषणा गरेको हो ।

सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका ९९३ जनालाई उनीहरुको योगदानको कदरस्वरुप विभिन्न तहका मानपदवी, अलंकार र पदक प्रदान गरेको छ ।

संविधान दिवसका अवसरमा घोषित मानपदवी राष्ट्रपतिबाट हस्तान्तरण हुने चलन छ । सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो मानपदवी नेपाल रत्न यसपालि पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई दिइएको छ ।

दोस्रो नम्बरको मादपदवी राष्ट्र गौरव दासढुंगा दुर्घटनामा ज्यान गुमाएका तत्कालीन नेकपा एमालेका संगठन विभाग प्रमुख स्वर्गीय जीवराज आश्रित, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment