संविधान जारी भएपछि पहिलोपटक उपेन्द्र यादवले दिए शुभकामना 

०३ असाेज, काठमाडाैं । नेपालको संविधान २०७२ जारी भएयता पहिलोपटक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शुभकामना दिएका छन्।

अध्यक्ष यादवले संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन्। संविधान दिवसको शुभकामना दिँदै उनले हरेक नागरिले संविधानको सम्मान गर्नुपर्ने र देशप्रतिको कर्तव्यमा पछि पर्न नहुने बताएका छन्।

दोस्रो संविधानसभाबाट २०७२ असाज ३ गते संविधान जारी हुँदै गर्दा यादवसहितका मधेशी शक्क्तिहरु आन्दोलनमा थिए। ६ महिना लामो चलेको उक्त मधेश आन्दोलन बिनानिष्कर्ष सकिए पनि मधेशी नेताहरुले अहिलेसम्म संविधानप्रति आफनो असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनीहरु संविधान संशोधनमार्फत् भए पनि आफूहरुले उठाउँदै आएका मुद्दाहरु सम्बोधन हुनुपर्ने माग राख्दै आएका छन्।

सुरुका केही वर्ष त असोज ३ गतेलाई यादव र अन्य मधेश केन्द्रित दलले कालो दिवसका रुपमा मनाउँदै आएका थिए। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यो वर्ष पनि संविधान दिवसलाई विरोध गर्ने निर्णय गरेको छ। तर, जसपा अध्यक्ष यादवले भने संविधान दिवसको शुभकामना दिएका छन्।

यो संविधानको विरोधमा रहे पनि मधेशी पार्टीहरु यो संविधान अन्तर्गत भएको दुईवटा स्थानय तहको निर्वाचनमा भाग लिइसकेका छन्। यस्तै दोस्रो आम निर्वाचनमा भाग लिने तरखरमा छन्। संघदेखि प्रदेशसम्मको सरकारमा समेत यादव र ठाकुरको पार्टी सहभागी भइसकेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNews
Comments (0)
Add Comment