एकीकृत समाजवादीले समानुपातिकको सूची तयार पार्दै

०२ असाेज, काठमाडाैं । समानुपातिकतर्फको सूची तय गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

दिउँसो ४ बजे पार्टी कार्यालयमा बस्ने बैठकले समानुपातिक सूचीमा राखिने नामबारे छलफल गर्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बताए।

एकीकृत समाजवादीले पार्टीका तर्फबाट हुने उम्मेदवारहरुको सन्दर्भमा यसअघि नै मापदण्ड तय गरिसकेको छ। महासचिव भुसालले पार्टीले तय गरेको मापदण्ड अनुसार नै छलफल गरेर सूची तयार पारिने बताए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment