चोलेन्द्रले सर्वोच्च फर्किन्छु भनेर अदालतमाथि मजाक गरे : बार अध्यक्ष घिमिरे

०२ असाेज,काठमाडाैं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन्।

आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए।

उनले संसद्को कार्यकाल सकिएको नभइ सांसदहरुको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाअभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने उल्लेख गरे।

महाअभियोग सिफारिस समितिले संसद्लाई प्रतिवेदनसमेत पेस गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको उनले टिप्पणी गरे।

बारले हालसम्म कुनै विरोधको कार्यक्रम तय नगरेको उनले स्पष्ट पारे। प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने विरोधको कार्यक्रम हुने उनको भनाइ छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment