उम्मेदवार छान्न एमालेले बोलायो सचिवालय बैठक

३१ भदाै, काठमाडाैं । नेकपा एमालेले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छान्न शनिवार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । शनिवार १ बजेपछि बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

‘समसामयिक विषयमा छलफल गर्न शनिवार बैठक बोलाइएको छ’, अधिकारीले भने,‘एजेण्डा त चुनावबाहेक अरू के नै हुन्छ र ?’ नेकपा एमालेको भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।

असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्नुपर्ने आवास्यकता रहेको नेताहरूको भनाइ छ । एमालेले समानुपातिकबाट यसअघि सांसद भएकालाई विशेष अवस्थाबाहेक नदोहोर्‍याउने मापदण्ड बनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment