बेलायती महारानीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का सहभागी हुने

२९ भदाै, काठमाडाैं । दिवंगत बेलायती महरानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्का बेलायत जाने भएका छन्।

परराष्ट्र स्रोतले दिएको जानकारी अनुसार महारानीको अन्त्येष्टि असोज ३ गते लण्डनमा हुने भएकोले मन्त्री खड्का सहभागी हुन पुग्नेछन्।

नेपालको पहिलो दैत्य सम्बन्ध कायम भएको मुलुक बेलायतकी महारानीको निधन भएपछि नेपाल सरकारले शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय झण्डा आधा झुकाएको थियो।

७१ बर्ष शासन गरेकी महारानी इतिहासमै लामो समय शासन गर्ने शासकमा पर्छिन्। महारानीको निधन भएसँगै उनका उत्तारिाधकारी चाल्र्स तृतियले गद्दी सम्हालेका छन्।।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment