नेप्से ४५ अंकले बढ्यो

२९ भदाै, काठमाडाैं । सेयर बजार ६ दिन लगातार घटेपछि मंगलबारदेखि वृद्धि देखिएको छ ।

मंगलबार २१ अंकले बढेको बजारमा निरन्तरता पाउँदै बुधबार थप वृद्धि हुँदै कारोबारको ३ घण्टा अवधिमा ४५ अंकले बढेको हो ।

नेप्से ४५ अंकले बढेसँगै सूचक १९७९ बिन्दुमा पुगेको छ । कारोबारमा आएका म्युचुअल फण्ड बाहेक सबै उपसमुहगत सूचक बढेका छन् । कारोबारमा नबिल बैंक अब्बल देखिएको छ । बैंकको साढे ४ करोडको सेयर खरिद बिक्री भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, गोर्खाज फाइनान्स, अपि पावर, हिमालयन डिष्टिलरी र नेष्डो समृद्धि लघुवित्त शीर्ष ६ कराोबार हुने कम्पनीमा अटाएका छन् ।

बुधबार दिउँसो २ घण्टा अवधिमा ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.६४ प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक, सामुदायिक लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स र समृद्धि फाइनान्स लगायत कम्पनीको सेयरमूल्य ७ प्रतिशत बढीले बढेको छ ।

उता एनआईसी एशिया गथ फण्डको इकाईमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सनराइज फस्ट म्युचुअल फण्ड र एनआईबिएल प्रगति फण्डको इकाईमूल्य पनि ५ प्रतिशत बढीले घटेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment