नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा  [तस्बिरहरू]

२६ भदाै, काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र प्रहरीबीच त्रिचन्द्र कलेजमा ढुंगा हानाहान भएको छ।

संघीय संसदबाट पारित भएको नागरिता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिले ढिलाइ गरेको भन्दै नेविसंघले आइतबार बिहान १० बजे विरोध प्रदर्शन गरेको हो।

विरोध प्रर्दशनमा क्रममा नेविसंघका नेता कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो।

प्रहरी र विद्यार्थीबीच केहीबेर ढुंगा हानाहान भएको छ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न छोडेर शीलत निवासमा विभिन्न अमुख दलका व्यक्तिहरुसँग भेटघाट गरेको भन्दै नेविसंघले नाराबाजी समेत गरेको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNews
Comments (0)
Add Comment