नक्कली कागज बनाएर अरुको ट्रायल दिएको आरोपमा ५ जना पक्राउ

२३ भदाै, काठमाडाैं । नक्कली कागज बनाएर लाइसेन्सका लागि अरुको ट्रायल दिएको आरोपमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भइ काठमाडौंको चाबहिल बस्ने मनिष श्रेष्ठ, तीनकुने बस्ने मनिष लामिछाने र भक्तपुर बस्ने टुल्कु सिं तामाङ छन् । यस्तै भक्तपुरको कटुञ्जे बस्दै आएका कालिकोटका ईन्द्रबहादुर शाही र गोरखाका राजकुमार श्रीमललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लिखत सम्बन्धी कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार उनीहरुले भक्तपुरको राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाएर अन्य व्यक्तिहरुको ट्रायल दिने गरेका थिए । उनीहरुको साथबाट नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment