संस्कृत विश्वविद्यालयमा फेरि तालाबन्दी

२३ भदाै, दाङ । बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ। केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरुले विश्वविद्यालयमा ताला लगाएका हुन्।

सरकारको हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्दी नखुलेसम्म आयुर्वेदका विद्यार्थीका तर्फबाट विश्व विद्यालयमा तालाबन्दी जारी रहने विद्यार्थी अभय प्रताप चौबेले जानकारी दिए।

उनका अनुसार विद्यार्थीहरुले यसअघि पनि विभिन्न माग राख्दै विश्वविद्यालयमा २१ बुँदे माग राखेका थिए। तर, उनीहरुको माग पूरा भएको छैन।

विद्यार्थीहरूले ताला लागाउनुपूर्व विरोध स्वरुप घोराही–तुलसीपुर सडक आधा घण्टा अवरुद्ध गरेका थिए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthNews
Comments (0)
Add Comment