कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजक विश्वप्रकाश

२२ भदाै, काठमाडाैं । आउँदो मंसिर ४ का लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले घोषणापत्र तयारी समिति बनाएको छ। समितिको संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई नियुक्त गरिएको छ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयग गरेको उल्लेख गरेका छन्।

‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा पार्टी विधान बमोजिम महामन्त्री श्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गर्नु भएको छ,’ विज्ञप्तिमा उल्लेख भनिएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment