१५५ कम्पनी सूचीबाट हटे

२२ भदाै, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १ सय ५५ कम्पनी सूचीबाट हटेका छन् ।

नेप्सेले मर्जर तथा प्राप्तिमा गएका तथा सूचीकरण शुल्क नबुझाई लामो समय कारोबारमा नआएका कम्पनीहरूलाई सूचीकरणबाट हटाएको (डिलिस्ट गरेको) हो ।

डिलिस्टिङ भएका १ सय ५५ कम्पनीहरूमा ६ वटा वाणिज्य बैंक, ८० वटा विकास बैंक, ५५ वटा फाइनान्स कम्पनी, ७ वटा लघुवित्त, ३ वटा उत्पादन तथा प्रशोधन समूहतर्फका कम्पनी, एउटा निर्जीवन बिमा कम्पनी, एउटा हाइड्रोपावर कम्पनी, एउटा व्यापार कम्पनी र एउटा अन्य समूहका कम्पनी रहेका छन् ।

सूचीकरणबाट हटेका अधिकांश मर्जर तथा प्राप्ति भएर अस्तित्वमा नरहेका बैंक तथा वित्तीय संस्थाहरू छन् भने त्यसबाहेक लामो समयदेखि सञ्चालनमा नरहेका कम्पनीहरू छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment