बालेन : ‘डन’ कि ‘वेलडन’

१८ भदाै, काठमाडौं । अघिल्लो विहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काउन गएका मेयर बालेन्द्र साह आक्रोशमा आएपछि सञ्चालकले ‘डन’ जस्तै व्यवहार किन गरेको भने। ‘डन हो कि क्या हो ? बालेनसँगको चर्काचर्कीपछि सञ्चालक द्विराज शर्माले सञ्चारकर्मी माँझ प्रश्न समेत गरे।

शर्माले बालेनलाई ‘डन’ भनेकै दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अल्फाबिटा भवनको पार्किङमा बनाइएका संरचना भत्काउने क्रममा साहले नक्सा देखाउँदै गरेको तस्बिर राख्दै ‘वेल डन’ भन्दै ट्विट गरे।

मेयरको चुनावताका ‘बाहुबली’ उपनामसमेत पाएका बालेनको नेतृत्वको महानगरको टोलीले अनधिकृत संरचना भत्काउने क्रम बढाउँदै जादा शर्मा र भट्टराईले मात्र हैन, थुप्रैले उनका बारेमा टीकाटिप्पणी गरेका छन्। उनले गरेका काम र लेखेका स्टाटसहरू सामाजिक सञ्जालमा क्षणभरमै भाइरल हुने गरेका छन्। कतिपयले त उनको कामलाई हिन्दी सिनेमा नायकसँग पनि जोडे। सन् २००१ मा निर्मित भारतीय सिनेमा ‘नायक’मा एक दिनका लागि मुख्यमन्त्री बनेको कलाकार अनिल कपुरको अभियन निकै हिट भएको थियो। त्यसकै झल्को दिनेगरी यति बेला काठमाडौं महानगरका मेयर बालेन साह अवैध संरचना हटाउन दिनरात लागिपरेको भन्दै उनलाई ‘आजका नायक ’ भन्ने पनि कमी छैनन्। आजको नागरिक दैनिकमा यो समाचार छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment