कक्षा १२ को परीक्षाफल प्रकाशित (नतिजा हेर्ने तरिकासहित)

१७ भाद्र, काठमाडौं । कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अपरान्ह परीक्षाफल सार्वजनिक गरेको हो ।

१६ देखि २५ जेठसम्म परीक्षा भएको थियो । परीक्षामा ग्रेडिङ्ग पद्धति २०७८ लागू गरिएको जनाइएको छ । सैद्धान्तिकतर्फ कम्तिमा ३५ अंक नल्याए नन ग्रेडिङ्ग उल्लेख हुने व्यवस्था छ ।

यसवर्ष ३ लाख ६३ हजार ८ विद्यार्थी परीक्षामा सहभागी थिए । १ लाख ८८ हजार विद्यार्थी नन ग्रडिङ्गमा परेका छन् ।

कसैको पनि ४ जीपिए आएन । ३.६१ देखि माथिको ग्रेड ल्याउनेको संख्या ४१७९ रह्यो । ३.२१ देखि ३.६० ग्रेड ल्याउनेको संख्या ३० हजार १०७, २.८१ देखि ३.२० ल्याउने ६५ हजार २८४ रहेको उल्लेख छ ।

राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np

नेपाल टेलिकमको website : www.neb.ntc.net.np

SMS सेवा :

नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment