श्रृजनशील लघुवित्तले तीन वर्षमा १० करोड माथि खुद नाफा पुर्‍याउने

१५ भदाै, काठमाडाैं । बुधबारदेखि प्रराम्भिक सार्वजनिक निष्काशन ( आईपीओ) खुला गरेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन वर्षमा १० करोड ८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

भदौ १५ गते बुधबारदेखि आईपीओ बिक्री खुला भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा तीन वर्षपछि आव २०८१/८२ सम्म पुग्दा लघुवित्तले १३ करोड ६५ लाख ५० हजार रुपैयाँ सञ्चित नाफा गरी १० करोड ८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाउने कम्पनीले प्रक्षेपण गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा ४ करोड २५ लाख ४६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको लघुवित्तले चालु आवमा आर्थिक वर्ष २०७९।८० मा ८ करोड ७७ लाख २ हजार रुपैयाँ कमाउने आंकलन गरेको छ । आव २०८०/८१ मा भने कम्पनीले ९ करोड ४७ लाख १५ हजार रुपैयाँ कायम गर्ने आंकलन गरेको छ । आव २०७७/७८ मा लघुवित्तले ६ करोड ५७ लाख ४० हजार नाफा कमाउँदा आव २०७६/७७ मा भने कम्पनीले १ करोड ३७ लाख ८१ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको थियो ।

लघुवित्तले तीन वर्षपछि आर्थिक वर्ष २०८१/८२ सम्म पुग्दा प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ र प्रति सेयर आम्दानी ३३.६० रुपैयाँ पुग्ने प्रक्षेपण छ । आव २०८०/८१ मा प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ र प्रति सेयर आम्दानी ३९.४६ रुपैयाँ, चालु आव २०७९/८० मा प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ र प्रति सेयर आम्दानी ५४.८१ रुपैयाँ कायम गर्ने लक्ष्य लिएको छ ।

गत आव २०७८/७९ मा लघुवित्तले प्रतिसेयर नेटवर्थ ३६२ रुपैयाँ र प्रति सेयर आम्दानी ६०.७८ रुपैयाँ कायम गरेको छ । सोभन्दा अघिल्लो आव २०७७/७८ मा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३०२ रुपैयाँ र प्रति सेयर आम्दानी ९३.९१ रुपैयाँ रहेको थियो । आव २०७६/७७ मा भने कम्पनीले नोक्सानी ब्यहोरेका कारण १९.६९ रुपैयाँले प्रतिसेयर आम्दानी ऋणात्मक हुँदा प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ कायम थियो ।

श्रृजना सामुदायिक विकास केन्द्र र एनआईसी एशिया बैंक लघुवित्तको आधारभुत सेयरधनी रहेको संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो ।

लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको ३ करोड ९३ लाख ७५ रुपैयाँ मध्ये पशुपालन तथा कृषि कर्जामा २ करोड रुपैयाँ, खुद्रा व्यापार तथा सेवा व्यवसाय कर्जामा ७१ लाख रुपैयाँ, साना तथा घरेलु उद्योग कर्जामा ६५ लाख रुपैयाँ र भौतिक पूर्वाधार तथा शाखा विस्तारमा ५७ लाख ७५ हजार रुपैयाँ लगानी गर्ने जनाएको छ ।

कम्पनीको बारेमा

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७५ कार्तिक ७ गते दर्ता प्रमाणपत्र पाएको थियो । संस्थाले नेपाल राष्ट्रबाट २०७५ फागुन ३ गते ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न अनुमति पाएको थियो । त्यसपछि लघुवित्तले २०७५ चैत १ गते देखि वित्तीय कारोबार गर्दै आएको छ ।

दश जिल्लाहरुमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको यस लघुवित्तको केन्द्रीय कार्यालय सिरहा जिल्लाको गोल बजार नगरपालिका वडा नम्बर ७ चोहर्बामा छ ।

लघुवित्त वित्तीय संस्थाको ७ जना सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण सेयरधनीबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना हुने प्रावधान नियमावलीमा छ । जसअनुसार सञ्चालक समितिको कार्यबाहक अध्यक्षमा सिराहा ७ गोलबजारका राजकुमार श्रेष्ठ छन् । यस्तै सिराहा ७ गोलबजारकै रेणुका कुमारी श्रेष्ठ, निभा श्रेष्ठ सञ्चालक समितिमा सदस्य छन् । स्वतन्त्र सञ्चालकमा काठमाण्डौं २० का सुरेन्द्र केशर छन् । गत बैशाखमा एक जना सञ्चालकले राजीनामा दिएकाले संस्थापक तर्फ हाल ३ जना मात्र सञ्चालन रहेका छन् ।

सर्वसाधारणतर्फको सस्ञ्चालक भने आगामी वार्षिक साधारणसभाबाट मात्रै चयन हुनेछन् । सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ ।
लघुवित्तमा बटुक समशेयर श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका छन् । नायब प्रमुख कार्यकारी अधिकृतमा शुशिल कुमार सिंह र बरष्ठि अधिकृतमा हरिराम श्रेष्ठ रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment