नबिल बैंकको न्यूनतम २४ करोड बराबरको संस्थापक सेयर बिक्रीमा

१३ भदाै, काठमाडाैं । नबिल बैंक (NABIL) ले ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको उक्त परिमाणको सेयर विक्रीमा ल्याएको हो।

संस्थापक शेयरको न्युनतम मूल्य प्रतिकित्ता ४८० रुपैयाँ तोकिएको छ । बैंकले बिक्रीमा ल्याएको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन गर्न सक्नेछन्। ।

सेयर खरीद गर्न संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिनुपर्नेछ । आवेदकले आफुले लिन चाहेको सेयर सँख्या र मूल्य समेत उल्लेख गर्नुपर्नेछ।

उक्त समयमा कुनै निवेदन नआएमा प्रचलित कानून बमोजिम सर्वसाधारणलाई विक्री गरिने समेत बैंकले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment