भारतका प्रधानमन्त्री मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता : सर्वेक्षण

१२ भदाै, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित पुनः विश्वको सबैभन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा परेका छन् । मर्निङ कन्सल्टेन्सी सर्भेकाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित शिर्ष स्थानमा छन् ।

मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर र इटालीका प्रधानमन्त्री मारियो ड्राघी क्रमशः ६३ र ५४ प्रतिशत अनुमोदन दरसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

२२ विश्व नेताहरूलाई समावेश गरिएको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन ४१ प्रतिशत रेटिङका साथ पाँचौं स्थानमा छन् । मर्निङ कन्सल्ट पोलिटिकल इन्टेलिजेन्सको सर्वेक्षणअनुसार क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो ३९ प्रतिशत र जापानी प्रधानमन्त्री फुमियो किशिदा ३८ प्रतिशत अनुमोदन दरसहित छैटौं र सातौं स्थानमा छन् ।

सर्वेक्षणका लागि अष्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, जर्मनी, भारत, मेक्सिको, नेदरल्याण्ड, दक्षिण कोरिया, स्पेन, स्वीडेन र अमेरिका नेटाहरुको अनुमोदन दर पच्छ्याइएको छ । यसअघि जनवरी २०२२ र नोभेम्बर २०२१ मा पनि मोदी विश्वका सबैभन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा थिए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment