नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाइयो 

१२ भदाै, काठमाडाैं । राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाइएको छ। राष्ट्रिय सभामा टेबल भएको उक्त विधेयक दोस्रो बैठक राखेर समितिमा पठाएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता आएको नागरिकतासम्बन्धी विधेयक विधायन व्यवस्था समितिमा पठाइएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाणलाई विधेयक समितिमा पठाउने प्रस्ताव राख्ने समय उपलब्ध गराएका थिए।

लगत्तै गृहमन्त्रीले नागरिकता सम्बन्धी विधेयकलाई पुनर्विचार गर्ने प्रस्ताव विधायन समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए।

समितिमा पठाउने प्रस्ताव राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनले निर्णयार्थ पेस गरेका थिए। समितिमा पठाउने पक्षमा बहुमत देखिएको भन्दै उनले विधेयक समितिमा पठाएका हुन्।

उक्त समितिले अब राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको टिप्पणीमाथि छलफल गर्ने छ। राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते २ बजे बस्ने छ।

उक्त बैठकमा समितिले प्रतिवेदन पेस गर्न सक्नेगरी विधेयक समितिमा पठाइएको हो। चार दिनमा समितिले छलफल गरी प्रतिवेदन दिन सक्ने छ। समितिको प्रतिवेदनपछि राष्ट्रिय सभाले उक्त विधेयकमा निर्णय लिने छ। यसअघि प्रतिनिधि सभाबाट उक्त विधेयक जस्ताको तस्तै पारित भएको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment