नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन समितिमा पठाइने 

१२ भदाै, काठमाडाैं । राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाउने तयारी गरिएको छ।

राष्ट्रिय सभामा टेबल भएको उक्त विधेयक सिधै पारित गर्ने भन्दा समितिमा छलफल गरेर गरेर प्राप्त प्रतिवेदनको आधारमा पारित गर्न लागिएको हो।

आइतबार राष्ट्रिय सभामा पेस भएको विधेयकलाई दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूचीमा उल्लेख छ।

दोस्रो बैठक केही बेरमा बस्दै छ। प्रतिनिधि सभाबाट कुनै पनि परिर्वतन नभइ आएको उक्त विधेयकमा राष्ट्रपतिले गरेको १५ बुँदे टिप्पणीका विषयमा समितिमा छलफल गर्न लागिएको हो।

एक/दुई दिनमै समितिबाट प्रतिवेदन आउने अनि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित गर्ने सरकारको रणनीति रहेको छ। यसो हुँदा राष्ट्रपतिको पनि सम्मान हुने र विधेयक पनि पारित हुने सरकारको बुझाइ छ।

राष्ट्रिय सभाबाट पारित भएपछि उक्त विधेयकमा परिर्वतन भएन भने राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइन्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यो विधेयक लागू हुने छ।

सरकारले मंसिर ४ मा हुने निर्वाचनअघि नै उक्त विधेयक पारित गरी प्रमाणीकरण गराउने प्रयास गरेको छ। तर प्रमुख प्रतिपक्ष नेकपा एमाले यो विधेयक रोक्न पक्षमा देखिएको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNews
Comments (0)
Add Comment