भदौ तेस्रो साताबाट दसैँका लागि नयाँ नोट सटही

१२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँका लागि यहि भदौ तेस्रो साताबाट नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै नयाँ नोट साट्ने व्यवस्था गर्न लागेको हो । यसका लागि राष्ट्र बैंकले तयारी गरिरहेको छ ।

मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालका अनुसार भदौ २० गतेसम्म राष्ट्र बैंकमा नयाँ नोट आउनेछ । सम्बन्धित विभागबाट स्वीकृति लिएपछि १–२ दिनभित्रै राष्ट्र बैंकका सबै कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्ने व्यवस्था गरिनेछ ।

यस वर्ष ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले चाडपर्वमा नगदभन्दा पनि डिजिटल कारोबारलाई जोड दिनुपर्ने बताउनुहुन्छ ।



मल्टिमिडिया ग्यालरी

new note
Comments (0)
Add Comment