सुन–चाँदीको भाउ तिजको मुखमै सस्तिँदै, सुन जोड्न चाहनेलाई राहत

१२ भदाै, काठमाडाैं । नेपाली महिलाहरुको महान चाड हरितालिका तिज नकिँदै गर्दा यहि समयमा सुनको भाउ निरन्तर घट्दो क्रममा देखिएको छ । आइतबार सुनको भाउ नेपाली बजारमा शुक्रबारको तुलनामा तोलामा ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५रुपैयाँले सस्तिएको छ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० तोकिएको छ । अघिल्लो दिन शुक्रबार स्थीर रहँदै प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । शुक्रबार स्थीर रहेर १ हजार १७५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भाउ घट्न थालेपछि सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७३८ डलर तथा चाँदी प्रतिऔंस १८.९१ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalPoliticSilver
Comments (0)
Add Comment