खप्तड लघुवित्तको आइपीओमा ११ लाख ८४ हजारको पर्यो आवेदन

११ भदाै, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा ११ लाख ८४ हजारभन्दा बढीले आवेदन दिएका छन् । सिडिएस क्लियरिङ्गका अनुसार शुक्रवार दिउँसो साढे १ बजे सम्ममा ११ लाख ८४ हजार ६२६ जना आवेदकले १ करोड ३२ लाख ४६ हजार ५८० सय कित्ताका लागि आवेदन दिएका हुन ।

लघुवित्तले जारी पूँजी ४ करोडको प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ जारी गरेको हो ।

कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा माग मबोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

उक्त आइपीओमा आवेदकले मेरो शेयरको वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment