सडक मर्मत दसैंअघि नै सकिने दाबी

१० भदाै, काठमाडौं । सडक विभागले वर्षाका कारण बिग्रिएका सडकको मर्मत समयसीमा तोकेरै गर्ने भएको छ ।

असोज पहिलो साताभित्र काठमाडौंबाट बाहिरिने र भित्रिने नाकाको सडकमा सुधार गरिसक्ने भन्दै विभागले आगामी दसैंमा घर जाने यात्रुलाई सहज हुने दाबी गरेको छ । साथै काठमाडौं उपत्यकाको सडक पनि दसैंअगाडि मर्मत गरिने विभागले जनाएको छ ।

दसैंमा उपत्यका तथा उपत्यका बाहिरका जिल्लाबाट यात्रुको आवाजजावात वृद्धि हुने भएकाले यात्रा सहज बनाएर सवारी आगमनमा सहजीकरण गर्न सडक दसैंअगावै गर्ने तयारी विभागले गरेको विभागका उपमहानिर्देशक भिमार्जुन अधिकारीले बताए ।

दसैंमा यात्रुको आवतजावतमा सहजता ल्याउनको लागि र सवारीको चाप अत्याधिक वृद्धि हुने हुँदा निर्माणधीन सडकबाहेकका उपत्यकासहित मुलुकभरकै सडकको मर्मत गरिने विभागले भनाई छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment