माछापोखरीमा ग्यारेजमा राखेको बसमा आगलागी

०४ भदाै, काठमाडाैं । काठमाडौंको माछापोखरीमा ग्यारेजमा पार्किङ गरेर राखेको बसमा आगो लागेको छ।

गएराति साढे १० बजेतिर बुद्ध हल पछाडि रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगो लागेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ।

मर्मतका लागि राखिएको सो बसमा अचानक लागो लाग्दा पूर्णरुपमा जलेर ध्वस्त भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment