अब १० हजार रुपैयाँमै किन्ने होइन त लेभ्लिंगको फुड डेलिभरी इलेक्ट्रिक स्कुटर ?

०२ भदाै, काठमाडौं । नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१ बर्ष पुरानो र देशभर नै ग्राहकको विश्वास जित्न सफल कम्पनी हो बज्र ग्रुप ।

यो नेपालमा निकै सफल परिचित कम्पनीको रुपमा स्थापित मानिन्छ । ग्रुपले विश्वको विभिन्न प्रसिद्ध ब्राण्ड नेपालमा ३१ बर्षदेखि बिक्री वितरण गर्दै आएको छ ।

बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर कुनै पनि देशभरका होटेल तथा रेस्टुरेन्टका लागि विशेष सुविधाहसहितको योजना ल्याएको छ ।

कम्पनीेल होटेल तथा रेस्टुरेन्टको लागि १० हजार रुपैयाँमै लेभ्लिंग एलएक्स ०५ डी मोडेल उपलब्ध गराउने भएको छ ।

कम्पनीले ‘तपाईको गोजीमा कति छ ?’ भन्ने स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निङ ब्रान्डको स्कुटर नेपाल भरिको होटेल तथा रेस्टुरेन्टले फुड डेलिभरीको लागि पाउने भएका छन् ।

होटेल तथा रेस्टुरेन्टका लागि बनाइएको स्कुटरको नाम एलएक्स ०५ डी मोडेल हो । यो स्कुटर जर्मन कम्पनीको बोसको मोटर्स प्रयोग गरिएको स्कुटर हो ।

जसमा सामसुङ कम्पनीको लिथिएम ब्याट्री प्रयोग गरिएकोले फुल चार्जमा राम्रो माइलेज प्रदान गर्दछ । यसले कुनै पनि होटेल तथा रेस्टुरेन्टले कम्पनीको शोरुममा गएर १० हजार रुपैयाँ भुक्तानी गरि फाइनान्स मार्फत सजिलैसंग खरिद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने बताइएको छ । यद्यपि नगदमा किन्नका लागि भने १० हजार छुट पाईनेछ । यस स्कुटरको ब्राण्ड एम्बेसडरमा भने मिस इन्टरनेशनल २०१७ का बिजयी नीति साह रहनुभएको छ ।

फुड डेलिभरी गर्दा पेट्रोलको खर्च वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्समा खर्च नहुने, वातावरण पनि स्वस्छ हुने कम्पनीको दावी छ ।

कम्पनीको यो स्कुटर सहुलियत दरमा १० हजार रुपैयाँ वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर सिमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार डेलिभरी गर्न स्कुटरको पछाडीको भागमा ठुलो भाडो राखिएको छ । जसले गर्दा समान जति पनि हाल्न सजिलो हुनेछ ।

यो स्किम फुड डेलिभरी गर्न को लागि भनेर होटेल तथा रेस्टुरेन्टलाइ लक्षित गरि लागु गरिएको कम्पनीले जनाएको छ ।

यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

होटेल तथा रेस्टुरेन्टको फुड डेलिभरीको लागि फाइनान्स, एक्सचेन्ज र क्यासको सुविधामा लिन सकिने र यो स्किम सीमित अवधिको लागि लागू गरिएको बताइएको छ ।

नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् ।

यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म मूल्य पर्दछ । जसका लागि काठमाडौंको नक्साल, टेकु, भैसेपाटी, भक्तपुर, सुर्खेत, जनकपुर, पाटन, बाफल लगायतका शोरुममा सम्पर्क गर्न सकिनेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarElectric Scooter in NepalLvneng Electric ScootersNews
Comments (0)
Add Comment