बेलायतमा मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च

०१ भदाै, एजेन्सी । बेलायतमा मुद्रास्फीति दर सन् १९८२ यताकै उच्च १०.१ प्रतिशत हुन पुगेको छ ।

खाद्यान्न तथा इन्धनको मूल्य बढेपछि घरायसी खर्चमा वृद्धि भई उपभोक्ता मूल्य सूचांक सन् १९८२ यताकै उच्च हुन पुगेको बेलायतले जनाएको छ ।

यस अघि जून महिनामा मुद्रास्फीति दर ९.४ प्रतिशत रहेको थियो । अर्थशास्त्री तथा विश्लेषकहरुले बेलायतको जुलाई महिनाको उपभोक्ता सूचांक ९.८ हुने प्रक्षेपण गरेका थिए ।

४० वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न बेलायती केन्द्रीय बैंक, बैंक अफ इङ्गल्यान्डले ०.५ प्रतिशतले ब्याजदर बढाई औसत ब्याज दर १.७५ प्रतिशत कायम गरेको थियो ।

घरायसी खर्चमा उल्लेख्य रुपमा वृद्धि हुँदा सन् २०२२ को अक्टोबर महिना सम्ममा मुद्रास्फीति १३.३ प्रतिशत हुने प्रक्षेपण केन्द्रीय बैंकले गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment