मुस्लिम समुदाय भर्‍याङ मात्र बन्नु हुँदैन : मन्त्री चौधरी 

०१ भदाै,कृष्णनगर सहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह गरेका छन्।

जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ। प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ। तर, सधैँ किन भर्‍याङ मात्र बन्ने?’

सीमान्तकृत समुदायले अब नेतृत्व दाबी गर्नुपर्ने बेला आएको बताउँदै मन्त्री चौधरीले अब पछि नहट्न आग्रह गरे।

कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलानाहरु र प्राथमिकदेखि माध्यामिक तहका विद्यालयहरुलाई दिँदै आएको सरकारी रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको सुनाए। त्यसैगरी उनले होस्टेल, पर्खाल र भवन मर्मतका लागि मन्त्री चौधरीसमक्ष ध्यानाकर्षण गराएका थिए।

मन्त्री चौधरीले मदरसाका विभिन्न भवन, होस्टेल, कार्यालय निरीक्षण गर्नुका साथै समस्या समाधानमा विशेष पहल समेत गर्ने बताए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment