ग्यास विस्थापनबारे मन्त्रालयको क्यान्टिनमा अर्थमन्त्रीको निरीक्षण

०१ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयस्थित क्यान्टिन निरिक्षण गर्दै ग्यास सिलिण्डर विस्थापित भए-नभएको जानकारी लिएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार अर्थमा शतप्रतिशत विद्युतीय चुलो जडान गरी सिलिण्डर विस्थापित भएको छ ।

मन्त्री शर्माले अर्थ मन्त्रालयमातहतका सिहंदरबार बाहिरका क्यान्टिनमा समेत सिलिण्डर हटाउन निर्देशन दिएका छन् । सरकारले यसवर्ष बजेटमै साउनभित्र सिंहदरबारबाट ग्याँस सिलिन्डर विस्थापित गर्ने घोषणा गरेको थियो ।

आगामी तीन महिना भित्र महानगर र उपमहानगर मातहतका कार्यालयबाट समेत ग्यास सिलिण्डर विस्थापित गर्ने घोषणा सरकारले गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment