विद्युत् प्राधिकरणको कार्ययोजनाः जलाशययुक्त आयोजना र प्रसारण सञ्जाल विस्तार

०१ भदाै, काठमाडाैं । गएको आर्थिक वर्षमा नाफामा छलाङ मार्दै करिव १६ अर्ब रुपैयाँ नाफा कमाएको नेपाल विद्युत् प्राधिकरणले अब जलाशय तथा अर्ध जलाशययुक्त आयोजना निर्माण र प्रसारणलाइन सञ्जाल विस्तारलाई मख्य प्राथमिकतामा राखेको जनाएको छ ।

स्थापनाको ३७ वर्षमा आईपुग्दा मुलुकभर ९५ प्रतिशत विद्युतीकरण गर्दै १६ अर्ब १६ करोड वार्षिक खुद नाफा कमाउने हैसियतमा प्राधिकरण अई पुगेको छ । प्राधिकरणले अबको दिनमा जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजना निर्माण गरी ऊर्जा मिश्रणलाई सन्तुलित बनाउने योजनामा काम गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउछन् ।

घिसिङको कार्ययोजना अनुसार यस्ता आयोजना बनाउन सरकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाइने छ । विगतदेखि चर्चामा रहँदै आएको ६३५ मेगावाटको दुधकोसी, १ हजार ६०१ मेगावाटको अपर अरुण, २१० मेगावाटको चैनपुर सेति, ९९ सय मेगावाटको तामाकोसी पाँचौ र ६० मेगावाटको मोदी माथिल्लो र तल्लो निर्माण उच्च प्राथमिकतामा छन ।

पालमा बर्खायाममा विद्युत् उत्पादन देशभित्रको आवश्यकता भन्दा धेरै हुने गरेको छ । तर प्रसारणलाइन सञ्जाल कमजोर रहेकाले खपतको व्यापक विस्तार गर्न सकिरहेको छैन । लोड सेन्टर काठमाडौँमै उपभोक्ताले पर्याप्त बिजुली गर्दा वितरण सञ्जालले थेग्न सक्ने अवस्था अझै बनिसकेको छैन । कतिपय औद्योगिक क्षेत्रमा पर्याप्त बिजुली पुराउने प्रसारण नभएकै कारण पनि खपत विस्तार हुन सकिरहेको छैन ।

बजार विस्तारकै कारण नाफालाई दिगो बनाउँदै लगेको प्राधिकरणको कार्ययोजना अनुसार उसले आगामी तीन दशकको पर्याप्त विद्युत् आपूर्ति गर्ने गरी वितरण सञ्जाल आधुनिकीकरण गर्ने योजना छ । देशैभर पनि १३२ केभिका १ हजार ४३०, २२० केभिका ९३० र ४ सय केभिका७५४ सर्किट किलोमिटर प्रसारणलाइन हरू अहिले निर्माणाधीन छन् । त्यस्तै ७ हजार ७५८ एमभीए क्षमताका सबस्टेसन पनि निर्माणाधीन छन् । यी आयोजना तीव्रताका साथ सम्पन्न गर्दा पनि विद्युत् खपत विस्तारमा ठूलो टेवा पुग्ने अपेक्षा प्राधिकरण व्यवस्थापन को छ ।

१० हजार एमभिए क्षमताका सबस्टेसनको अध्ययन र डिजाइनकै क्रममा पनि छन् । हुलाकी राजमार्ग आसपासमा भविष्यमा हुन सक्ने औद्योगिक विकासलाई आँकलन गर्दै प्राधिकरणले ४ सय केभिको डेडिकेटेड र २२० केभिको मल्टि सर्किट पनि बनाउन डिजाइन गरिरहेको छ । पूर्वाधार विस्तारलाई तीव्रता दिन आवश्यक वित्तीय स्रोत भने सरकार दातृनिकाय र आफ्नै पुँजी पनि परिचालन गर्ने योजना प्राधिकरणको छ ।

आगामी आर्थिक वर्षदेखि भारतबाट विद्युत् किन्नै नपर्ने कसरतमा लागेको प्राधिकरण अव भने खपत विस्तारका थप कार्यक्रम ल्याउन उद्धत रहने पनि देखिन्छ । विद्युतीय चुलो, तथा विद्युतीय उपकरण विद्युतीय सवारी साधन प्रवर्दनका कार्यक्रम नै सञ्चालन गर्ने तयारी प्राधिकरणको छ ।

चुलिँदो व्यापार घाटाका बीच गत आवमा मात्रै करिव साढे ३ अर्बको विद्युत् निर्यात गर्दा प्राधिकरणले रकम र प्रतिष्ठा दुबै कमाएको पनि छ । यसमा गुणात्मक फड्को मार्ने कार्ययोजना प्राधिकरणले बुनेको छ । अहिले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा दैनिक ३६४ मेगावाट बिजुली प्राधिकरणले बेचिरहेको छ । र यो परिमाण निकट भविश्मै बढ्ने छ । तर आईआई एक्समा मात्र भर पर्दा विद्युत् व्यापार अस्थिर बन्न सक्ने आँकलन सहित घिसिङले प्रसारण संरचना निर्माण र दिगो बजार व्यवस्थापनका उपाय पनि कार्यान्वयन गर्दै जाने बताएका छन् ।

निश्चित संझौताका आधारमा प्राधिकरणले अहिले नर्थ विहार पावर डिस्ट्रिब्युसन कम्पनी मार्पmत आयात तथा निर्यात गरिरहेको छ । अव यस्तै अन्य कम्पनीसँग पनि सहकार्य गर्ने योजना रहेको घिसिङ बताउँछन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarPolitic
Comments (0)
Add Comment