बेलायतले आयातकर कटौती गर्दा गरिब मुलुकहरुलाई व्यापारमा सहजता

०१ भदाै, एजेन्सी । बेलायतले ६५ वटा गरिब मुलुकबाट आयात गर्ने सामाग्रीको आयात कर कटौती गरेको छ ।

आयात करमा कटौती भएसँगै गरिब मुलुकलाई बेलायतसँग व्यापार गर्न सहजता भएको छ ।

गरिब राष्ट्रहरुले गर्ने व्यापार बढाउन बेलायतले विकाशील देश व्यापार योजना लागु गरेको छ । यसै योजना अन्तर्गत बेलायतले गरिब मुलुकबाट हुने आयातीत वस्तुहरुको आयात कर कटौती गरेको हो ।

बेलायतमा उत्पादन नहुने खाद्य पदार्थ, लुगाफाटा तथा जुत्ता कम्पनीहरु बेलायतको यस योजनाबाट लाभान्वीत हुने भएका छन् । यस योजनाले गरिब राष्ट्रहरुमा व्याप्त गरिबी निवारण गर्न र आर्थिक समृद्धि हासिल गर्न सहज वातावरण सिर्जना गर्ने अन्तराष्ट्रिय व्यापार विभागले जनाएको छ ।

बेलायत एक स्वतन्त्र व्यापारिक राष्ट्रको रूपमा रहेता पनि बेलायतले आफ्नो व्यापार नीतिको नियन्त्रण फिर्ता लिइरहेको र बेलायतका व्यवसायहरूलाई समर्थन गर्ने र विश्वभरका विकासशील देशहरूको अर्थतन्त्रलाई समर्थन गर्ने व्यापारीक निर्णयहरू गरेको अन्तराष्ट्रिय व्यापार सचिव एन–मेरी ट्रेभ्लीनले जनाएकी छिन् ।

आयातदर कटौती गरी शून्य बनाएपछि यस व्यापारिक योजनाबाट टेक्सटाइल तथा फलफूल निर्यात गर्ने राष्ट्रहरुको लागि बेलायत प्राथमिकतामा रहेको छ ।

यो योजना ६५ विकाशील देशहरुमा मात्रै लागु गरिएको छ भने विकसीत मुलुकबाट हुने सामाग्री आयातमा लाग्ने आयात कर यथावत रहेको अन्तराष्ट्रिय ब्यापार विभागले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

nepalNewsPolitic
Comments (0)
Add Comment