२४ अङ्कले घट्यो नेप्से

३१ साउन, काठमाडौँ । अघिल्लो दिन ५५ अङ्कले बढेको सेयर बजारमा दोस्रो दिन पुनः २४ अङ्कको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २४.८३ अङ्कले घट्दै २०४१.०६ अङ्कमा झरेको हो ।

यस्तै मङ्गलवार क वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अङ्कले घट्दै ३९४.३९ अङ्कमा झरेको छ । १३ वटा उपसूचक मध्ये आज सबै उपसूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । यद्यपि, कारोबार भने २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ ।

यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१८ प्रतिशतले घटेको छ भने डेभलपमेन्ट बैङ्क समूहको उपसूचक २.६८ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.६२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक १.७७ प्रतिशतले, निर्जीवन बिमा

समूहको उपसूचक १.७१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.५५ प्रतिशतले माइक्रो फाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक १/९ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज ०.७ प्रतिशतले मात्र घटेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment