उपचार गर्ने पैसा छैन, सम्पत्ति राज्यको नाममा गरिसकेँ : ओली

२९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसा नभएको दाबी गरेका छन्।

आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा सरकारको नाममा गरिदिएको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न नसक्ने बताए।

‘एमाले अरु दलजस्तो नातावाद भएको पार्टी होइन,
मेरो भाइ हलो जोतेर जीविका चलाउँछ’

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘तपाईंहरुले उपचार गरिदिनुभयो भने हुन्छ। मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु।’

आफ्नो सबै सम्पत्ति राज्यको भइसकेको बताउँदै ओलीले अन्य शीर्ष नेताहरुलाई पनि सम्पत्ति राज्यको नाममा गराउन चुनौती दिँदै आएका छन् ।

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै छोरी, बुहारी र ज्वाइँलाई पार्टीका शीर्ष तहमा ल्याउने पार्टी एमाले नभएको उल्लेख गरे। आफ्नो भाइ वडा कमिटीमा रहेर काम गरिरहेको पनि सुनाए। ‘मेरो एक जना भाइ छ, उ अहिले भद्रपुरमा हलो जोतेर आफ्नो जीविका चलाएर बसेको छ उ अहिले वडा कमिटीमा संगठित रहेको छ।’ उनले आफ्नो श्रीमती पनि राजनीतिमा नआउने उल्लेख गरे।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthKp OlinepalNewsPolitic
Comments (0)
Add Comment