हलिउड अभिनेत्रीको एनी हेचेको निधन

२९ साउन, एजेन्सी । हलिउडकी चर्चित अभिनेत्री एनी हेचेको ५३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

अभिनेत्री हेचेको कार अगस्त ५ मा दुर्घटनामा परेको थियो । दुर्घटनापछि गम्भीर अवस्थामा अस्पताल भर्ना भएकी थिइन् । कार दुर्घटनामा एनीको मस्तिष्क मृत भएको थियो । उनी विगत एक सातादेखि कोमामा थिइन् ।

उनको मृत्युपछि एनीको परिवारले उनको अंग दान गर्ने भएका छन् ।

हेचेले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।

एनीको निधनले उनका परिवारका सदस्य, साथीभाइ र फ्यानहरू शोकमा छन् । हलिउडलगायत बलिउड सेलिब्रेटीहरूले पनि सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर एनीलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

यसैबीच अभिनेत्री प्रियंका चोपडाले पनि पोस्ट सेयर गर्दै आफ्नो सहकलाकार एनीलाई सम्झिएकी छिन् । प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल स्टोरीमा पोस्ट सेयर गर्दै लेखेकी छिन्, ‘मेरो हृदय एनी हेचेका छोराछोरी, परिवार, साथीहरू र सबैलाई जान्छ । तपाईलाई चिन्नु र तपाईसँग काम गर्न पाउनु सम्मानको कुरा हो । एक सुन्दर व्यक्ति र एक अविश्वसनीय अभिनेत्री। मेरो हृदयमा सधैं एक विशेष स्थान छ ।’



मल्टिमिडिया ग्यालरी

business NewsCoronavirusCovid19digital khabardigitalkhabareducation NewselectionElection CommissionElevtion NewshealthHealth NewshechenHimalayanInternationalinternational newsKathmanduLocal Election NewsMount EverestnepalNewsPoliticPrime MinisterSher Bahadur DeubatourismtouristVaccineVoteWeatherWorld Economics News
Comments (0)
Add Comment