पाटन नगरपालिकाको निर्णय : अब उपभोक्ता समितिको अध्यक्षमा महिला मात्रै

२६ साउन, काठमाडौँ । बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको हो ।

उपमेयर कमलसिंह बोहराका अनुसार नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

उपभोक्ता समिति गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने बोहराले बताए । नगरपालिका भित्र सञ्चालन गरिने हरेक आयोजनाको काम प्रभावकारी ढङ्गले सम्पन्न गर्न पहल गर्ने उनको भनाई छ ।

चैत मसान्त मसान्तभित्र सबै योजनाको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपभोक्ता समितिलाई भुक्तानी नदिने समेत उनले दाबी गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment