कारले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

२६ साउन, जनकपुरधाम । सर्लाहीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका ११ बस्ने ३८ वर्षीय गुरुप्रसाद ढुंगेल रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

ना.३३प २२९५ नम्बरको मोटरसाइकलमा सवार ढुंगेललाई हरिवन नगरपालिका १० स्थित नयाँ रोडमा बा.७च ९२२२ नम्बरको कारले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनको हरिवनमै प्राथमिक उपचारपछि वीरगञ्ज पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalPolitic
Comments (0)
Add Comment