विद्रोहीको आक्रमणमा तीन भारतीय सेनाको मृत्यु

२६ साउन, काठमाडौँ । जम्मु कश्मीरको राजौरी जिल्लाको दारहल क्षेत्रमा भारतीय सेनाको क्याम्प नजिक सुरक्षा बल र आक्रमणकारीबीच भिडन्त भएको छ।

भिडन्तमा तीन भारतीय सैनिक र दुई चरमपन्थीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जम्मुका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले दारहाल प्रहरी चौकीबाट करिब ६ किलोमिटर टाढा रहेको सेनाको क्याम्पमा विद्रोहीले हमला गरेको जनाएको छन्।

त्यहाँ थप सुरक्षा बल पठाइएको छ र क्षेत्रमा खोजी अभियान जारी छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment