खोटाङ : साकेलाका भूकम्प पीडितहरुलाई राहत वितरण

२४ साउन, खोटाङ । जिल्लाको साकेला गाउँपालिका–५ मात्तिम विर्ताका भूकम्प पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी–खोटाङले राहत वितरण गरेको छ । गत आइतबार विहान ८ः१३ बजे गएको ६ रेक्टर स्केलको भूकम्पले पूर्ण क्षती पु¥याएका १४ घरपरिवारलाई रेडक्रस सोसाइटी–खोटाङले राहत वितरण गरेको हो ।

साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईको विशेष उपस्थितिमा भूकम्प पीडितहरुलाई प्रतिघर त्रिपाल–१ थान, कम्बल–२ थान, साडी–१ सेट, बुट्टे कपडा– १ सेट, भाँडाकुँडा–१ सेट र बाल्टीलगायतका सामग्रीहरु वितरण गरिएको हो ।

भूकम्पका कारण आफ्नो गाउँपालिकामा अपूरणीय क्षति भएको उल्लेख गर्दै अध्यक्ष राईले भूकम्प प्रभावितको थप पहिचान गर्नका लागि केन्द्रीयस्तरबाट परिचालित प्राविधिक विशेषज्ञ टोलीलाई समेत प्रत्येक टोल–टोलमा जान निर्देशन दिएको बताए ।

यसका साथै अध्यक्ष राईले भूकम्प प्रभावितहरुलाई थप राहत उपलब्ध गराउनका लागि सम्बन्धित सरोकारवाला निकायहरुसँग गम्भीरता पूर्वक समन्वय गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् ।

भूम्कप पीडितहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका प्रमुख जिल्ला अधिकारी, नेपाल रेडक्रस सोसाइटी तथा नेपाल प्रहरीलाई उनले धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति ज्ञानेन्द्र जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै भूकम्पका कारण पीडित भएका सम्पूर्ण साकेलाबासीलाई थप राहत उपलब्ध गराउन विभिन्न निकायहरुसँग समन्वय गर्ने बताए । त्यस्तै, रेडक्रस सोसाइटी–खोटाङका मन्त्री छत्र कुमार बजिमयले पनि भूकम्प प्रभावितहरुलाई सान्त्वना दिँदै अव्यवस्थित बसाईलाई थप व्यबस्थित बनाउनका लागि गाउँपालिकासँग समन्वय गर्ने र राहत वितरणमा जस्तोसुकै परिस्थितिमा पनि आफू र नेपाल रेड्क्रस सोसाइटी उपस्थित हुने बताए ।

यसैबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले कार्यक्रमलाई सम्बोधन गर्दै भूकम्पका कारण पूर्ण क्षति भएका घर–परिवारहरुको यथाशीघ्र तथ्यांक संकलन गरी राहत वितरणको वातावरण मिलाउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment