खुल्यो संस्कृत विश्वविद्यालयको ताला

२४ साउन, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ ।

नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै विश्वविद्यालयमा लगाएको ताला करिब तीन महिनापछि खोलेको हो ।

साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्विद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले बुधवार ताला खोलेको हो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusDeathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment