डोटीमा पाँच महिनापछि देखियो कोरोना संक्रमण

२४ साउन, डोटी । डोटीमा पाँच महिनाको समयावधि पछि सोमवार ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सोमबार १९ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका चार जना जोरायल गाउँपालिकाका र एक जना आदर्श गाउँपालिकाका बासिन्दा हुन् ।

सङ्क्रमित मध्य केही व्यक्तिहरू एक महिना अगाडी भारतबाट आएका र कोभिड विरुद्धको खोपको पूर्ण मात्रा नलगाएको भेटिएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालमा कोरोनाका सङ्क्रमित दिन प्रतिदिन बढ्दै गएको समयमा डोटीमा पनि कोरोनाका सङ्क्रमित फेला परेकाले नागरिकले सजगता अपनाउनु पर्ने स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्ली रमण जोशीले बताए ।

पाँच महिना पछि डोटीमा कोरोनाका सङ्क्रमित फेला परेकाले कोरोना सङ्क्रमण थप समुदायमा फैलिन सक्ने कुरालाई मध्यनजर गर्दै नागरिकले सजगता अपनाउनु पर्ने समेत प्रमुख जोशीले बताए ।

कोभिड संक्रमण बढे सँगै आम नागरिकले मास्क प्रयोग गर्ने, कोरोना खोप नलगाएकाले खोप लगाउनु पर्ने, अनावश्यक भिडभाडमा नजाने, रुघाखोकी ज्वरो आयो भने नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गर्ने लगायतका कार्य गर्न आवश्यक रहेको समेत प्रमुख जोशीले बताए ।

डोटीमा २०७८ फागुन २३ गते देखि हाल सम्म कोरोना सङ्क्रमित भेटिएका थिएनन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment