रुस र बुल्गेरिया बीचको कूटनीतिक सम्बन्धमा तनाव

२१ साउन, एजेन्सी। मस्को र रुस र बुल्गेरिया बीचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएसँगै तनाब बढेको हो ।

रुसी विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूतलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो ।

निष्कासित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए । बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरूलाई देश निकाला गरेकाले जबाफमा रुसको पछिल्लो कदम आएको हो ।

युक्रेन युद्धपछि रुस- बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार आएको विज्ञहरुले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment