नान्सी पोलेसीको ताइवान भ्रमण एक चीन नीतिको उल्लंघन : नेकपा माले

१८ साउन, काठमाडाैँ । नेकपा मालेका महासचिव सीपी मैनालीले अमेरिकी सभामुख नान्सी पोलेसीले चीनको विरोध हुँदाहुँदै चीन​को अभिन्न क्षेत्र ताइवान भ्रमण गर्नु अमेरिका आफैले स्वीकारेको ‘एक चीन नीति’को उल्लङ्घन भएको बताएका छन् ।

महासचिव मैनालीले बुधबार विज्ञप्ति जारी गर्दै चीनको संप्रभूतामाथि समेत प्रहार गर्ने अमेरिकी नीतिको विरोध गरेका हुन् ।

पोलेसी मंगलबार ताइवानको ताइपेई पुगेकी थिइन् । महासचिव मैनालीले पोलेसीको भ्रमणबारे भनेका छन्, ‘यो निहुँ खोजेर चीनलाई उत्तेजित पार्ने अमेरिकी बाइडेन सरकारको दादागिरी हो, यसले राम्रो परिणाम दिँदैन।’



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment