जुम्लामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

१५ साउन, काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहान करिव साढे ६ बजे दुर्घटना भएको हो ।

मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दीपक तिरुवा रहेका छन् । गाडी सुर्खेत बाट मुगुका लागि छुटेको थियो । लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

कानकासुन्दरी गाउँपालिका १ जुम्लाका ड्राइभर दलबहादुर बुढा घाइते छन् । उनलाई प्रतिष्ठान जुम्लामा ल्याइएको छ । गाडीमा ५ जना यात्रु सवार थिए। अरू सकुशल रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment