काठमाडौं र धरानबाट युवाको भाषा बुझ्न जरुरी छ : सभामुख

९ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा युवाहरुको आवाज बुलन्द हुन थालेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा उनले काठमाडौं धरानबाट युवाको आवाज बुलन्द हुन थालेको बताएका हुन् ।

‘…युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ’ उनले भने ।

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरविरोध मडारिन थालेको भन्दै संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment