धुलिखेल पुगे बालेन, शहरी विकासमा साझेदारी गर्नेबारे ब्याञ्जुसँग छलफल

०४ साउन, काठमाडाैँ । काठमाडौं महानरपालिकाका मेयर र उपमेयर धुलिखेल नगरपालिका पुगेका छन्। काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल सहितको टोली धुलिखेल पुगेको हो।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भेटमा दुई नगरपालिकाको विकास निर्माण र दुई शहरबीच अनुभव आदान प्रदान गरिएको बताए।

नेपाल नगरपालिका संघसँग एमयुएनए र विश्व नगर सरकार र शहरहरुको संगठन (युनाइटेड सिटी लोकल गभरमेन्ट) यूसीएलजी एसप्याक्टबीच पारस्पारिक साझेदारी, समन्वयात्मक प्रबर्धन गर्न धुलिखेल नगरपालिकामा भेटघाट भएको उनले जानकारी दिए।

धुलिखेल नगरको निमन्त्रणामा पुगेका बालेनसहितको टोलीसँग उक्त नगरपालिकाले हालसम्म हासिल गरेको उपलब्धी, काम गर्ने तरिका र काठमाडौ महानगरले गर्दै आएको कामका बारेमा समेत चर्चा भएको थियो।

दुई नगरबीच एकीकृत रुपमा आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्नेबारे कुराकानी भएको ब्याञ्जुले बताए।

धुलिखेलका प्रमुख ब्याञ्जु नेपाल नगरपालिका संघ र यूसीएलजीको अध्यक्षसमेत हुन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment