अब ग्यासका पाइप चुल्होमा लैजानुपर्दैन, बिजुलीका तारै पुर्‍याइन्छ : केपी ओली

०४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुल्होमा लैजानुपर्ने आवश्यकता नपर्ने बताएका छन् । अब बिजुलीका तार नै भान्छामा पुग्ने उनको भनाइ छ ।

बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘अब ग्यासका पाइप चुल्होमा लैजानुपर्दैन, आवश्यकता छैन ।’

उनले अगाडि भने, ‘चुल्होमा ग्यास ल्याउन सकिन्छ ? नहुने कुरा भन्दै थिए, पानीका पाइपचाहिं लान सकिने, ग्याँसको पाइप लान नसकिने हुन्छ ? अब ग्यास चाहिंन्न अब त बिजुलीका तारै पुर्‍याइन्छ ।’

तर साना साना पाइप चुल्होमा नभइ आफूहरूले पेट्रोलियम पाइपलाइन नै बनाएको ओलीले बताए । भारतबाट अमलेखगञ्जसम्म ठूला पाइप जोडेर पेट्रोलियम पदार्थ झारेको उनको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment